Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रहिनन् गायिका नितु पौडेल


सूचना कुण्ड
रहिनन् गायिका नितु  पौडेल

काठमाडौं ,कात्तिक ७:  शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो । 

“कीर्तिपुर बर्न हस्पिटलमा आज बिहान ८:२० बजे मृत्यु भएको छ,” जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनुभयो ।  

शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् ।  

उनले १२ दिनअगाडि आफ्नो फेसबुक पेजमा निराशाजनक स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्, “हासिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?”


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend