Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रिय सम्मानसहित महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि


सूचना कुण्ड
राष्ट्रिय सम्मानसहित महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि

काठमाडौँ, कात्तिक ४ : कञ्चनपुरका विपिन जोशीको मङ्गलबार महाकाली नदी किनारमा  अन्त्येष्टि गरिएको छ ।  विपिनको अन्तिम श्रद्धाञ्जलीका लागि भुजेलाघाटमा  राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । 

स्थानीय तहका जनप्रतिनिधि, नेता कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी स्थानीय, परिवारजन तथा शुभेच्छुकलगायतले दिवङ्गत विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

राष्ट्रिय सम्मानका साथ चितामा दागबत्ती दिएर शवको अन्त्येष्टि गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । भुजेलाघाटमा इजरायली राजदूत, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय, आफन्त, परिवारजन, कूटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित छन् ।

“सिक्दै सिकाउँदै” कार्यक्रमअन्तर्गत विसं २०८० असोजमा इजरायल गएका विपिनको हमास र इजरायलबिच भएको द्वन्द्वमा परी ज्यान गएको थियो । दुई वर्ष पहिले नै ज्यान गुमाएका विपिनको कूटनीतिक पहल हुन नसक्दा असोज २७ गते मात्रै परिवारलाई जानकारी गराइएको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend