Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

विपीन जोशीको शव काठमाडौं आइपुग्यो


सूचना कुण्ड
विपीन जोशीको शव काठमाडौं आइपुग्यो

काठमाडौं ,कात्तिक ३ : प्यालेस्टिन कट्टरपन्थी समूह हमासले बन्धक बनाउँदा मारिएका नेपाली युवा विपीन जोशीको शव आज (सोमबार) काठमाडौं आइपुगेको छ । इजरायल सरकारले उनको शव काठमाडौंसम्म ल्याइदिएको हो । 

विपीनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्की र सरकारका मन्त्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएका   छन् । 

श्रद्धाञ्जली कार्यक्रम सकिएपछि विपीनको शव आज नै नेपाली सेनाको जहाज (स्काई ट्रक)मा राखी धनगढी विमानस्थलसम्म लगिने छ । धनगढी विमानस्थलबाट सुदूरपश्चिम पृतनाले विपीनको शव कञ्चनपुर पुर्‍याउने छ । कञ्चनपुरमा उनको अन्तिम संस्कार गरिनेछ । 

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा विपीनसहित २५१ जनालाई बन्धक बनाई लगेका थिए । केही दिनअघि हमास र इजरायलबीच युद्धविराम भएपछि हमासले विपीनको मृत्यु भइसकेको घोषणा गरेको थियो ।

त्यसपछि हमासले रेडक्रसमार्फत विपीनको शव इजरायली सेनालाई सुम्पिएको थियो । इजरायली सेनाले शवको डीएनए परीक्षण गर्दा शव विपीनको नै रहेको पुष्टि भएपछि इजरायल सरकारले शव नेपाल पठाएको हो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend