काठमाडौं, असोज २६ : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य भएकाले आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको थियो।
सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्न मणि गजुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति पौडेलको स्वास्थ्य परिक्षण तथा उपचार पश्चात उहाँको स्वास्थ्य अवस्था सामान्य भएकाले आज डिस्चार्ज गरिएको व्यहोरा जानकारी गराउँदछौं ।’
सामान्य बान्ता भएपछि उनलाई शनिबार बिहान साढे ११ बजे अस्पताल लगिएको थियो।
