Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक


सूचना कुण्ड
हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक

काठमाडौँ, असोज २३:  हमास समूहको बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको बुधबार एउटा भिडियो सार्वजनिक भएको छ । इजरायली गुप्तचर निकायले सन् २०२३ अक्टोबर ७ मा किबुट्ज अलुमिमबाट हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको नयाँ भिडियो फुटेज प्राप्त गरेको जनाएको छ ।

जुन इजरायली समय अनुसार बुधबार साँझ सार्वजनिक गरिएको बन्धक परिवार फोरमले जनाएको प्रस्ट पारेको छ । जेरुसेलम पोस्टमा छापिएको खबर अनुसार नेपाली बन्धक विपिन जोशीको इजरायली गुप्तचर निकायले प्राप्त गरेको उक्त भिडियो फोरमको पहलमा सार्वजनिक गरिएको हो ।  

फोरमको वक्तव्यमा भनिएको छ, गाजामा भेटिएको जीवनको यो प्रमाण, जुन हामी तपाईंहरूसँग साझा गर्दै छौँ, हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिलाएको छ । भिडियो उनलाई बन्धक बनाएको केही समयपछि खिचिएको अनुमान गरिएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend