Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

वर्षाले आएको विपत्तिमा ३९ जनाको निधन


सूचना कुण्ड
वर्षाले आएको विपत्तिमा ३९ जनाको निधन

काठमाडौं, असोज १९ :  शनिबार र आइतबार दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको ज्यान गइसकेको सशस्त्र प्रहरीको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार ११ जना बेपत्ता र १३ जना घाइते भएका छन् । 

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार कोशीमा सबैभन्दा बढी ३६ जनाको ज्यान गएको छ । जसमध्ये इलाममा २७ जनाको ज्यान गएको छ । ५ जना बेपत्ता छन् । उदयपुरमा २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । त्यस्तै, खोटाङमा एक जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । पाँचथरमा ६ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । 

सोहीअनुसार मधेशको रौतहटमा ३ जनाको ज्यान गएको छ । बारामा एक जना बेपत्ता भएका छन् । त्यस्तै, बागमतीको रसुवामा ४ जना बेपत्ता भएका छन् । त्यस्तै काठमाडौेंमा एक जना बेपत्ता भएका छन्, मकवानपुरमा १ जना घाइते भएका छन् । पानी पर्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend