Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बाटोमा रोकिएका यात्रुहरुको व्यवस्थापनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र


सूचना कुण्ड
बाटोमा रोकिएका यात्रुहरुको व्यवस्थापनका लागि ७७ वटै  जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र

काठमाडौं, असोज १८ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई बाटोमा रोकिएका यात्रुहरुको व्यवस्थापन सम्वन्धमा परिपत्र गरेको छ ।

NDrrma letter.jpg

उक्त परिपत्रमा देशका विभिन्न भागमा चट्याङसहित भारीदेखि अति भारी वर्षा भइरहेको र सोको कारण उत्पन्न हुनसक्ने बाढी, पहिरो र डुबानजन्य विपद्लाई दृष्टिगत गरी सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारी साधनको आवतजावतमा असोज २० गते सोमबारसम्म रोग लगाइएकोले सूचना जारी हुनुअघि नै गन्तव्यतर्फ प्रस्थान गरेका केही सवारी साधनहरु बाटोमा रोकिन गई  त्यसमा सवार यात्रुहरुमा समस्या परेकाले उनीहरुका लागि सम्वन्धित स्थानीय तह, यातायात व्यवसायीहरु एवं जिल्लामा कार्यक्षेत्र भएका सरकारी तथा गैरसरकारी संघ संस्था, निजी क्षेत्र लगायतसँगको समन्वयमा सुरक्षित स्थानमा राख्दै खानपान, स्वास्थ्योपचार लगायतका आवश्यक बन्दोबस्त गर्नु, गराउनुहुन निर्णयानुसार अनुरोध गरिएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend