Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

काठमाडौं उपत्यका सहित वागमती प्रदेश र मधेस प्रदेशका धेरै जिल्लाहरु बाढीको अति उच्च जोखिममा : उच्च सतर्कता अपनाऔं


सूचना कुण्ड
काठमाडौं उपत्यका सहित वागमती प्रदेश र मधेस प्रदेशका धेरै जिल्लाहरु बाढीको अति उच्च जोखिममा : उच्च सतर्कता अपनाऔं

काठमाडौं, असोज १८ : जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाको असोज १८ गते विहान ८ बजे जारी बुलेटिन अनुसार आज सुनसरी, उदयपुर, सप्तरी सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपाका जिल्लाहरुमा अति उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान रहेकाले उक्त नदी तटीय क्षेत्रहरुमा अति उच्च सतर्कता अपनाउनका लागि अनुरोध गरिएको छ ।

Flood Forecast text asoj 18.jpg


साथै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरुमा उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान रहेकाले उक्त नदी तटीय क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यसैगरी, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुं, गुल्मी, पाल्पा, अर्घाखांची, प्युठान, दाङ, बांके, बर्दिया, र आसपासका जिल्ला भइ बहने स साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र अकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान रहेकाले उक्त नदी तटीय क्षेत्रहरुमा उच्च सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend