Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

तुइनखोलामा पहाडै खस्यो, पुनः यातायात बन्द


सूचना कुण्ड
तुइनखोलामा पहाडै खस्यो, पुनः यातायात बन्द

चितवन, असोज ७ :  मुग्लिन मलेखु सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा आएको पहिरो पन्छाएर यातायात सञ्चालनमा आए पनि चितवनको तुइनखोलमा पुन पहिरो अएपछि अवरुद्ध भएको छ। 

धादिङको जवाङ पहिरोले राति १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग अपराह्न ३ बजेबाट सञ्चालनमा आएको मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले जानकारी दिनुभयो। 

धादिङतर्फ सञ्चालनमा ल्याइएको छ तर मुग्लिन नारायणगढको तुइनखोलमा पुन ठुलो पहिरो आएपछि अवरुद्ध भएको छ। मङ्गलबार दिउँसो १२ बजे ठुलो पहिरो आएपछि मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको नेपालले जानकारी दिनुभयो। 

गन्तव्यमा जान वैकल्पिक बाटो अपनाउन उहाँले अनुरोध गर्नुभएको छ। गएको दिनमा भन्दा अहिले झरेको पहिरो जोखिम रहेकाले पन्छाउन कठिन भइराखेको नेपालले जानकारी दिनुभयो। निरन्तर झरिराखेकाले पन्छाउने काम गर्न नसकिएको उहाँले जानकारी दिनुभयो। 

पहाडनै खसेकाले कहिले यातायात सञ्चालन हुन्छ भन्न नसकिने उहाँले बताउनुभयो। मुग्लिन नारायणगढ सडक अनिश्चित समयका लागि बन्द भएको छ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend