Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

जेनजी आन्दोलन : स्वास्थ्य मन्त्रालयका २५ वटा गाडी र दुई सयभन्दा बढी मोटरसाइकल नष्ट


सूचना कुण्ड
जेनजी आन्दोलन : स्वास्थ्य मन्त्रालयका २५ वटा गाडी र दुई सयभन्दा बढी मोटरसाइकल नष्ट

काठमाडौँ, असोज ५ : भदौ २४ गते भएको जेनजी आन्दोलनकारीको आगजनीबाट स्वास्थ्य मन्त्रालय परिसरमा भएका २५ वटा गाडी र दुई सय वटा मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएका छन्।   

मन्त्रालयका सहव्रप्रवक्ता डा. समिर अधिकारीले वार्कशप र घरमा भएका बाहेक मन्त्रालय परिसरभित्र का २५ वटा गाडी र दुई सयवटा मोटरसाइकल कामै नलाग्ने गरी जलेर नष्ट भएको जानकारी दिनुभयो। 

 उहाँ भन्नुहुन्छ, “मन्त्रालयका सचिवदेखि अतिरिक्त सचिव, विभिन्न महाशाखाका प्रमुख तथा अन्य कर्मचारीका गरी स्वास्थ्य मन्त्रालय परिसरभित्रका २५ वटा गाडी र दुई सयवटा बढी मोटरसाइकल जलेर नष्ट भएका छन्।”

मन्त्रालयमा सवारीसाधन मात्रै होइन चार दशकदेखि सुरक्षित राखिएका सम्पूर्ण कागजात जलेर नष्ट भएको डा. अधिकारीको भनाइ छ।  

उहाँ भन्नुहुन्छ, “आन्दोलनका क्रममा भएको आगजनीपछि मन्त्रालय भवन जलेर खरानी भएको छ। मन्त्रालय सुरु भएदेखिका सम्पूर्ण कागजी डकुमेन्ट जलेर ध्वस्त भएका छन्।”

मन्त्रालयमा अन्य के कति क्षति भयो भन्नेबारे विवरण सङ्कलन कार्य सुरु भएको उहाँले जानकारी दिनुभयो। हाल मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनबाट शन्यबाट काम सुरु गरेको उहाँ बताउनुहुन्छ। 

health 2.jpg
undefined


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend