Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध


सूचना कुण्ड
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, असोज ४ : चितवनको मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलामा पहिरो खस्दा शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ ।

साँझ झरेको पहिरो पन्छाउने क्रम जारी भए पनि ठुलो पहिरो खसेका कारण राति सम्भव नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

अझैपनि पहिरो झर्ने क्रम नरोकिएकाले सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ । दुई वटा लोडर परिचालन गरी काम जारी रहेपनि सडक खुल्न केही समय लाग्ने डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनिएर अर्जुन घिमिरेले जानकारी दिनुभयो । यस सडक हुँदै यात्रा गर्नेलाई वैकल्पिक सडक हुँदै यात्रा गर्नु सडक कार्यालयले अनुरोध गरेको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend