Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु   


सूचना कुण्ड
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु   

 सूचनाकुण्ड समाचारदाता,  

काठमाडौँ, वैशाख २८:   
 प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा सुरु भएको उक्त प्रतियोगिताको बलाधिकृतरथी सरोजप्रताप राणाले निर्णायकलाई बल हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभयो ।    
    
उद्घाटन खेल काठमाडाँै जिल्ला टेनिस एशोसियशनका मनोज श्रेष्ठ र याक एण्ड यति क्लबका आशीष सिग्देलबीच भयो । आगामी जेठ ५ गतेसमम सञ्चालन हुने प्रतियोगिता खुलातर्फ पुरुष र महिला एकल तथा मिक्स युगल विधामा हुनेछ ।    
    
भेट्रानतर्फ ३५ वर्ष, ४५ वर्ष र ५५ वर्षमाथि एकल र युगल तथा ६५ र ७० वर्षमाथि एक विधामा खेल सञ्चालन भइरहेको छ । विभिन्न तेह्र खेल विधामा दुई सय ५५ प्रतिस्पर्धा हुने प्रतियोगितामा १४ टेनिस क्लब र विभागीयसहित एक सय ७७ खेलाडीको सहभागिता छ ।    
    
मुलुकको टेनिस खेलको विकासमा सहयोग पु¥याउने हेतुले सेनाले विसं २०७८ देखि यस प्रतियोगिता सञ्चालनमा ल्याइएको हो । सो अवसरमा सैन्यकार्य महानिर्देशक उपरथी बाबुराम श्रेष्ठले सैनिक नागरिकसम्बन्ध विस्तारको कडीकारुपमा रहेको प्रतियोगिता मुलुकको खेलकुदको विकासमा योगदान पु¥याउन सकियोस् भन्नका खातिर आयोजना गरिएको बताउनुभयो ।    
    
सेनाले प्रतियोगितामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पहिचान र उत्कृष्ट खेलाडी उत्पादन गर्न सकियोस् भन्ने लक्ष्य राखेको छ । प्रतियोगितामा विजयी हुने क्लबले रनिङ ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा पुरुष र महिला सिङ्गल र समूहगत खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्रदान गरिने छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend