Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एपिएफअस्पताल, बलम्बुमा क्षयरोगको उपचार सेवा सुरु


सूचना कुण्ड
एपिएफअस्पताल, बलम्बुमा क्षयरोगको उपचार सेवा सुरु

काठमाडौँ, भदौ १६ :  सशस्त्र प्रहरी बल (एपिएफ) अस्पताल, बलम्बुमा क्षयरोगको उपचार सेवा सुरु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरेसँगै अस्पतालले क्षयरोगको उपचार सेवा सुरु गरेको हो ।  

सोमबार एक कार्यक्रमबिच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उक्त मेसिन अस्पतालाई हस्तान्तरण गर्नुभएको हो । मन्त्रालयले करिब ५० लाख रुपियाँको लागतमा उक्त मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले क्षयरोगमुक्त नेपाल निर्माणका लागि मन्त्रालय निरन्तर लागि परिरहेको बताउनुभयो । क्षयरोगको छिटो निदान गरेर हजारौँ नागरिकको जीवन बचाउन मन्त्रालय प्रतिबद्ध भएर काम अगाडी बढेको मन्त्री पौडेलको भनाइ छ । 

मन्त्री पौडेलले भन्नुभयो, “आज यस अस्पतालमा सुरु भएको सेवा तथा जडान भएको अत्याधुनिक मेसिनले क्षयरोगको पहिचान गरी बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान दिने विश्वास लिएका छौँ ।”

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले क्षयरोगमुक्त नेपाल बनाउने राष्ट्रिय अभियानमा प्रविधिको भूमिका महत्त्वपूर्ण हुने धारण राख्नुभयो ।  

जडान भएको यस मोलिक्युलर टेस्ट मेसिनले अब बिरामीहरूलाई मात्र दुई घण्टामा क्षयरोगको निदान रिपोर्ट उपलब्ध गराउने डा. तिवारीको दाबी छ । अस्पतालमा क्षयरोग परीक्षणको सुविधा नहुँदा उपचारका लागि आउने बिरामी अन्यत्र जान बाध्य थिए । 

सरकारले क्षयरोग निदानलाई सहज र प्रभावकारी बनाउन देशभरका विभिन्न अस्पतालमा क्षयरोग उपचार सेवा विस्तार गर्दै आएको छ । हालसम्म देशका १२८ वटा स्वास्थ्य संस्था तथा अस्पतालबाट यो सेवा सञ्चालनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend