इलाम, भदौ १६ : सूूर्योदय नगरपालिका–२ बागवीरेस्थित टंक काफ्लेका तीनवटा बाख्रा सोमबार बिहान कालो चितुवाले खाएको भेटियो ।
कालो रङ्गको चितुवा इलाममा पहिलो पटक भेटिएको हो । बाख्रालाई घाँस हाल्न जाँदा बाख्राको खोरमा चितुवा बसेको भेटिएको स्थानीय लालीगुराँस टोल विकास समितिका अध्यक्ष राजुु घिमिरेले जानकारी दिनुुभयो ।
घिमिरेकाअनुसार काफ्लेको खोरमा रहेका दुुईवटा माउ र एउटा पाठो चितुवाले खाएको छ । ‘‘घाँस हाल्न जाँदा अघाएर सुतिरहेको अवस्थामा चितुवा भेटियो, यसको रङ्ग कालो भएकाले यो दुर्लभ हो भन्ने लागेर प्रहरी–प्रशासनमा खबर ग¥यौँ,’’ घिमिरेले भन्नुुभयो ।
उहाँकाअनुसार एक महिना यता यो क्षेत्रमा चितुवाले सातवटा बाख्रा मारिसकेको छ । स्थानीयमा पनि त्रास बढेको छ । घिमिरेले आफ्नै खोरका दुुईवटा बाख्रा केही हप्ता अघि खाएको थियो ।
एक महिना यता यही क्षेत्रसँग जोडिएको माइजोगमाई–२ का शेरबहादुर गुरुङ, मूल खर्कका हर्कसिहं राई र माईजोगमाई २ बिज्जेका गोपाल खड्काको बाख्रा पनि चितुवाले मारेको थियो ।
पछिल्लो समय दर्जनबढी बाख्रा चितुवाले मारेको र त्यसको त्रास स्थानीयमा परेको घिमिरेले बताउनुु भयो । ‘‘घाँस–दाउरा गर्न, नानीहरुलाई विद्यालय आउजाउ गर्न , एक्ले हिंडडुुल गर्न धेरै डर भएको छ । घिमिरे भन्नुुहुन्छ, ‘‘आज फेला परेको चितुवाको उद्धार गर्न पनि जिल्ला भित्र त्यस्तो कुनै प्रविधि र जनशक्ति नहुुनुु हाम्रा लागि दुुखद छ ।’’
बाख्राको खोरमै बसिरहेको चितुवालाई डिभिजन वन कार्यालयको टोलीले खोर वरिपरि रोतो कपडाले बेरेर राखेको बताइएको छ ।
जिल्लामा उद्धारको जनशक्ति नहुँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग सँग समन्वय गरि कोशी टप्पुु वन्यजन्तु आरक्षबाट उद्धार टोली झिकाइएको डभिजन वन कार्यालय इलामका प्रमुख विरेन्द्र साहले बताउनुुभयो ।
साहले कोशी प्रदेशमै पहिलो पटक यो चितुवा भेटिएको बताउनुुभयो । ‘‘यो चितुवा यसअघि काभ्रेमा भेटिएको थियो । त्यसपछि कंही पनि भेटिएको त्यस्तो तथ्याङ्क छैन । अब यसको उद्धार गरेपछि मात्र थप अनुसन्धान हुन्छ,’’ साहले भन्नुुभयो ।
भारतीय सीमा क्षेत्र संग जोडिएको ठाउँभएकाले भारतको सिंहलिला नेशनल पार्कबाट चितुवाहरु नेपालका गाउँ छिर्ने गरेको पाइएको सूूर्योदय नगरपालिका–२ का वडाअध्यक्ष डिक बम्जनले बताउनुुभयो ।
अहिले सूूर्योदयका उत्तरपूर्वी गाउँहरु बागवीरे, मानेभञ्ज्याङ, त्यस्तै माईजोगमाई र सन्दरकपुर गाउँपालिकाका उत्तरपूूर्वी गाउँहरुमा जङ्गली जनावारले स्थानीयलाई धेरै दुःख दिने गरेका छन् ।
भारतीय सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गरेका बंदेल, भालुु, बाँदर र चितुवाले मानवीय क्षती नगरेपनि पशुुचौपाया र अन्नबालीमा नोक्सान गरिरहेको लालीगुराँस टोल विकास समितिका अध्यक्ष राजुु घिमिरे बताउनुुहुन्छ ।
