Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नागढुङ्गाबाट १०२० एम्पुल लागु औषधसहित रञ्जित मेहता पक्राउ


सूचना कुण्ड
नागढुङ्गाबाट १०२० एम्पुल लागु औषधसहित रञ्जित मेहता  पक्राउ

काठमाडौँ, भदौ १५ :  प्रहरीले नागढुङ्गाबाट १०२० एम्पुल लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराका अनुसार राजविराजबाट काठमाडौं आउँदै गरेको प्र. ०१–००६ ख. ५४३१ नम्बरको यात्रु वाहक बसमा सवार रञ्जित मेहताले लुकाएको अवस्थामा उक्त परिणामको लागु औषध बरामद भएको हो । 

लागु औषधसहित पक्राउ परेका सप्तरी छिन्नमस्ता गाउँपालिका-१ का १९ वर्षीय मेहतामाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।  मेहतामाथि लागु औषध ब्यूरो, शाखा कार्यालय नागढुङ्गाले अनुसन्धान अगाडि बढाएको हो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend