Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

धानमा आत्मनिर्भरता सरकारको प्राथमिकतामा : कृषिमन्त्री अधिकारी


सूचना कुण्ड
धानमा आत्मनिर्भरता सरकारको प्राथमिकतामा : कृषिमन्त्री अधिकारी

काठमाडौं, भदौ १२ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाइ खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताउनु भएको छ ।

धान सम्वन्धीे अध्ययन अनुशन्धान गर्ने अन्तरष्ट्रिय संस्था इरीको एशिया निर्देशक डा.जोङ्ग सू सँग आज मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल विगतमा धान चामलमा आत्मनिर्भर रहेपनि जनसंख्या वृद्धि र भात खाने बानीका कारण चामलको माग र खपत बढ्दै गइरहेकाले आन्तरिक उत्पादनले माग नधाने पछि पछिल्ला वर्षहरुमा धान चामल आयातमा ठूलो धनराशी खर्च हुने गरेको प्रसंग उल्लेख गर्दे उत्पादकत्व बढाउने र बढ्दो लागत घटाउने तर्फ मन्त्रालयले काम गरिरहेको बताउनुभयो। सरकारले मल, बीउ, प्रविधि, यान्त्रिकिकरण, भण्डारण सुविधा, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन, धान चामल उद्यागसँग सहकार्य गर्ने लगायतका सक्दो प्रयासहरु गरिरहेको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो समय जलवायु परिवर्तनको कारण धान उत्पादनमा प्रत्यक्ष असर पर्न थालेका कारण बढि उत्पादन दिने जलवायु अनुकुलनका धानका जातहरुको विकासमा इरीले महत्वपुर्ण योगदान गरेकोमा इरीको प्रशंसा गर्नूभयो । ‘हामीलाई इरीको थप साथ र सहयोग आवश्यक छ , यसको लागि हामीले विगत देखिनै विभिन्न प्रयास र पहल गर्दै आएका पनि छौं।

कुनै प्रोजेक्ट नहुँदा पनि सरकारको तर्फबाट धान अनुसन्धान र विकासमा सहयोग गर्न इरीको विशेषज्ञता र क्षमतालाई उपयोग गर्ने गरि फण्ड व्यवस्थापन गर्ने दिशामा हामी लागेका छा’ैं, मन्त्री अधिकारीको भनाई थियो । भेटका क्रममा इरीका एशिया निर्देशक जोङ्ग सूले इरीलाई नेपाल सरकारवाट प्राप्त भएको सहकार्यका लागि आभार व्यक्त गर्दे आगामी दिनमा इरीसँगको सहकार्यमा थप वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो । भेटमा इरीका नेपाल प्रतिनिधि डा. हुमनाथ भण्डारी सहित मन्त्रालयका अधिकारीहरु पनि हुनुहुन्थ्यो।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend