Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

जापनिज इन्सेफलाइटिसबाट नवलपुरमा एक जनाको मृत्यु


सूचना कुण्ड
जापनिज इन्सेफलाइटिसबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपुर, भदौ २ : जापनिज इन्सेफलाइटिसबाट नवलपुरमा एक पुरुषको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार मृत्यु हुनेमा मध्यविन्दु-१, पतवारीका ५२ वर्षीय पुरूष रहेका छन् ।

जापनिज इन्सेफलाइटिस सङ्क्रमित लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । सङ्क्रमणबाट अन्य ३ जना बिरामी भएको र ती मध्ये कावासोती-१ निवासी ४४ वर्षीया महिला र वडा न ६ का ५१ वर्षका पुरुष उपचारपछि निको भएको सुवेदीले जानकारी दिनुभयो ।

जनस्वास्थ अधिकृत सुवेदीका अनुसार कावासोती-३ निवासी ८२ वर्षीया जापनिज इन्सेफलाटिसबाट बिरामी महिलाको उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ ।

जिल्लाका विभिन्न वडामा जापनिज इन्सेफलाइटिसका बिरामी देखिएपछि प्रभावित क्षेत्रका ज्वरो बिरामीहरूबाट आइतबार र सोमबार गरी १३ वटा रगत स्याम्पल कलेक्सन गरी परीक्षणका लागि प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखरा पठाइएको सुवेदीले बताउनुभयो ।

विशेष गरि झरी वर्षासँगै धान खेत, बागबानीमा काम गर्ने तथा ताल किनारमा माछा मार्ने मानिसहरूमा लामखुट्टेको टोकाईबाट जापनिज इन्सेफलाइटिसको सङ्क्रमण फैलने सुवेदीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend