Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला :साउन ३१ गतेसम्म आवेदन दिन सकिने


सूचना कुण्ड
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला :साउन ३१ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं ,साउन २६ :  कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन खुलेको छ । सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (ईपीएस)को आवेदन खुलेको ललितपुरस्थित ईपीएस कोरिया शाखा कार्यालयले जनाएको छ ।

रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरियामा नेपाली नागरिकलाई श्रमिकका रूपमा पठाउने प्रयोजनका लागि योग्य उमेदवार छनोट गर्न प्रथम चरणको परीक्षाका लागि आवेदन खुलेको हो ।

उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि भाषा परीक्षामा आवेदन दिन सकिने पनि शाखाले जनाएको छ । उत्पादन क्षेत्रमा तीनहजार ५०० र कृषि तथा पशुपालन क्षेत्रमा एकहजार ८०० गरी पाँचहजार ३०० जना भाषा परीक्षामा उत्तीर्ण हुन सक्ने शाखाको अनुमान छ । 

एक व्यक्तिले एउटा क्षेत्रमा मात्र दरखास्त फारम भर्न पाउने सूचनामार्फत जानकारी गराइएको छ । काठमाडौं केन्द्रबाट सञ्चालन हुने भाषा परीक्षाका लागि साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend