Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सन्दर्भ जनै पूर्णिमा : हराउँदै परम्परागत हाते जनै र डोरोको प्रचलन


सूचना कुण्ड
सन्दर्भ जनै पूर्णिमा : हराउँदै परम्परागत हाते जनै र डोरोको प्रचलन

काठमाडौँ ,साउन २४ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमामा प्रयोग गरिने जनै र डोरोको प्रचलन गाउँघरमा आजभोलि भने कम हुँदै गएको छ । 

पहाडी जिल्लामा पनि जनै पूर्णिमामा डोरो बाँध्ने परम्परा छ भने तराईका जिल्लाहरूमा जनै पूर्णिमासँगै राखी बाँध्ने परम्परा रहँदै आएको छ । वैद्यिक गुरु परम्परा अनुसार जनैलाई ब्रम्ह्रासुत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । पहिलापहिला घरमानै डोरो र जनै बनाएर श्रावण सुक्ल पूर्णिमाको दिन त्यसलाई पुजेर लगाइने गरेको भएपनि आजभोलि बजारमा आयातित जनै र डोरोको प्रयोग बढ्दै जाँदा घरमा बनाउने जनै र डोरोको प्रचलन भने हराउँदै गएको छ ।

नेपालमा पछिल्लो समय भारतबाट आयात गरिने जनै र डोरोसहित राखिको प्रचलन बढ्दै गएको देखिन्छ । बजारमा जताततै खरिद गर्न पाइन थालेपछि अहिले गाउँघरमा निर्माण गरिने जनै र डोरोको प्रचलन कम हुँदै गएको हाे । नेपालमानै उत्पादन हुने धागो र कपासबाट बनाउने गरेको डोरो पछिल्लो समय भारतबाट बढी आयात हुने गरेको छ । आफ्ना पुर्खाहरूले जनै र डोरोमा रङ्गाउने रङ्ग नभए पछि माटोमा डुबाएर त्यसको रङ्ग निकालेर लगाउने गरेको स्थानीयको भनाइ छ । यसरी आफैँले बनाएकाे जनै र डोरो  वर्ष भरी प्रयोग गर्ने चलन थियाे ।

रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।तराईक्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend