Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मनसुन कमजोर : आगामी हप्तामात्र पानी पर्ने


सूचना कुण्ड
मनसुन कमजोर :  आगामी हप्तामात्र पानी पर्ने

काठमाडौं, साउन १४ : ठूलो पानी पार्ने प्रणाली केही कमजोर हुँदा देशका धेरै स्थानमा वर्षा भएको छैन । केही स्थानमा सामान्य वर्षा मात्रै भएको छ । 

मौसमविद् प्रतिभा मानन्धर आज र भोलि ठूलो वर्षा नहुने बताउनुभयो । “अहिलेसम्मको अवस्था हेर्दा आज र भोलि ठूलो वर्षा हुने देखिँदैन,” उहाँले भन्नुभयो , “सानो वर्षा त भइरहेकै छ ।”

गएराति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको उनी बताउनुभयो । वाग्मती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोकलगायत स्थानमा पनि वर्षा भइरहेको जानकारी दिनुभयो 

“अगष्टको पहिलो साता भने ठूलै वर्षा हुने देखिएको छ,” मौसमविद् मानन्धरले भन्नुभयो , ।आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

राति देशको पहाडी भूभागमा साधारणतया बदली रही  तराई भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend