Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा महिलाको मृत्यु


सूचना कुण्ड
ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा   महिलाको मृत्यु

फुङलिङ, साउन ११ :  ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा भावना विकको मृत्यु  भएको छ । फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना  भएको हो ।

सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जात्रे क्रममा आज  बिहान  बोलेरो दुर्घटनामा परेको वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बोलेरो ब्रेक फेल भएर सडकदेखि करिब ८० मिटर तल झरेको थियो । दुर्घटनाबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ३० वर्षीया विकलाई उपचारका लागि जिल्ला अस्पतालमा लाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष भट्टराईको भनाइ छ ।

दुर्घटनामा परेको बोलेरोमा विक र चालक मात्र रहेको बताइएको छ । चालकलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदैछ । उहाँको अवस्था सामान्य रहेको वडाध्यक्ष भट्टराईले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट घटनास्थलमा प्रहरीको टोली पठाइएको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend