Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेप्से २,९८२.६४ विन्दुमा, साढे १८ अर्बको कारोबार


सूचना कुण्ड
नेप्से २,९८२.६४ विन्दुमा, साढे १८ अर्बको कारोबार

काठमाडौं, साउन ८: लगातार आठ दिनमा पनि नेप्से परिसूचक बढेको छ। बिहीबार मात्रै नेप्से परिसूचक ३.७६ ले बढेर २९८२ मा आएपछि बजार बन्द भयो। 

आठ  दिन लगातार बढ्दा नेप्से परिसूचकले २५६.८० अंक जोडेको छ। 

नेप्से परिसूचक तीन हजार विन्दुको प्रतिरोध परिक्षणमा छ। यो यसअघिको नजिकको उच्च विन्दु हो। यही कारण बुधबार कारोबार अवधिमा उतारचढाव देखियो। र, कारोबार रकम पनि केही घटेको हो।

यस दिन १८ अर्ब ४९ करोड रूपैयाँको सेयर कारोबार भएको छ। मंगलबारयता कारोबार रकम क्रमशः घट्न थालेको छ।

बुधबार १९ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार २० अर्ब आठ करोड रूपैयाँको कारोबार भएको थियो।   

बिहीबार कारोबारमा आएकामध्ये पाँच समूहगत परिसूचक बढेका छन्। विकास बैंक र जलविद्युत् समूहका परिसूचकमा सबैभन्दा धेरैले वृद्धि भएको छ। यी समूहगत परिसूचक एक प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।  

कारोबारमा आएका तीन सय ३८ सेयर, ऋणपत्र र सामूहिक लगानी कोषका इकाइ मध्ये एक सय ४५ को मूल्य बढेर कारोबार भएको छ। एक सय ७१ वटा कम्पनीको सेयर मूल्य घटेको छ।

ग्रिन भेञ्चर्स, ट्रेड टावर, सान्भि जलविद्युतको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेर सर्किट ब्रेक लागेका छन्।

हालक्ष्मी विकास बैंक र मल्टिपपर्स फाइनान्स को ऋणपत्रका मूल्य सबैभन्दा धेरैले घटेका छन्। 

राधि हाइड्रो र ङादी हाइड्रोको सबैभन्दा धेरै रकमको सेयर कारोबार भयो। यी कम्पनीहरूको क्रमशः ७७ करोड र ७१ करोेड रूपैयाँको सेयर किनबेच भयो।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend