Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मध्य साउनमा मनसुन कमजोर, रोपो मर्न थाले


सूचना कुण्ड
मध्य साउनमा मनसुन कमजोर,  रोपो मर्न थाले

काठमाडौं साउन ८:  देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

“काठमाडौंमा आज दिउँसो वर्षा हुने सम्भावना छ,” मौसमविद् सरोज पुडासैनीले  भन्नुभयो , “हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।” 

विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी प्रदेशका पहाड र तराई साथै मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ, जसका कारण धेरै स्थानमा वर्षा हुन सकेको छैन । तराईका कतिपय स्थान अझै पनि खडरीमा छन् । 

“आजभन्दा भोलि केही बढी वर्षाको सम्भावना छ । आजभन्दा धेरै स्थानमा भोलि वर्षा हुने देखिन्छ,” पुडासैनीले  भन्नुभयो , “अहिले मनसुनी वायु केही कमजोर देखिएको छ । आजभन्दा भोलि केही स्ट्रङ हुने देखिन्छ ।”  

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको विभागले जनाएको छ । 

Raw-oil.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend