काठमाडौं, साउन ४ : धितोपत्र दोस्रो बजारमा ११ महिनायताकै उच्च मूल्यको सेयर कारोबार भएको छ । आज २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
यसअघि, ०८१ भदौ २ गते २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । त्यसयता कारोबार रकम कम हुँदै आएर पाँच अर्बसम्म झरेको थियो ।
हालसम्मको सर्वाधिक मूल्यको सेयर कारोबार गत वर्ष साउन ३१ गते भएको थियो । यो दिन २९ अर्ब ९५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
