Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा नतिजा सार्वजनिक :१० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण


सूचना कुण्ड
काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा नतिजा सार्वजनिक :१० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण

काठमाडौं , साउन ४ : काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालन गरिएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

महानगरको शिक्षा विभागका अनुसार, गत शनिबार ५४ वटा परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा १४ हजार १७३ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण हुन न्यूनतम ४० अंक (४० प्रतिशत) आवश्यक थियो र ४० अंक नकटाउने विद्यार्थीलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० ओटा बहुवैकल्पिक प्रश्नहरू समावेश थिए । गलत उत्तरका लागि नकारात्मक अंकनको व्यवस्था थिएन । देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए । तीमध्ये १४ हजार १७३ जनाले परीक्षामा भाग लिएका थिए ।

नतिजा महानगरपालिकाको आधिकारिक वेबसाइटबाट हेर्न सकिन्छ ।

काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयमा चारहजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध छन् ।

chhataravatata.jpg
undefined


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend