Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बुधबार धरहरा बन्द हुने


सूचना कुण्ड
बुधबार धरहरा बन्द हुने

काठमाडौं ,असार ३१ :  काठमाडौंस्थित धरहरा अबदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिए । 

उनका अनुसार, अब सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइनेछ । "अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दै छौँ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि अब खुला रहनेछ," मन्त्रालयका प्रवक्ता मैनालीले भने ।

धरहरा अहिले दैनिक बिहान १० देखि अपराह्न ४ बजेसम्ममात्र खुला रहने गरेको छ । अहिले सार्वजनिक बिदाको दिन धरहरा बन्द हुन्छ । शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend