Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

श्रद्धा गर्न नदीमा जाँदा ...


सूचना कुण्ड
श्रद्धा गर्न नदीमा जाँदा ...

धनगढी, असार २५ :  श्राद्ध गर्न जाँदा कैलालीको गोदावरी नगरपालिका –४ स्थित गोदावरी नदीको टापुमा फसेका छजनाको सकुशल उद्धार गरिएको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले उनीहरुको आज उद्धार गरेको हो । गोदावरी नदीमा श्राद्ध गर्न गएका उनीहरु एक्कासी बाढी आएपछि काठे पुलनजिक टापुमा फँसेका थिए । 

उद्धार गरिएका व्यक्तिमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –६ का ६५ वर्षीय पल्लु सार्की, ६५ वर्षीया भागेश्वरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय विकट सार्की रहेका जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो । 

यसैगरी, उद्धार गरिएका दुई जनामा शुक्लाफाँटा –६ कै ३५ वर्षीय वीर सार्की र वेदकोट नगरपालिका –७ का २८ वर्षीय अब्दुल सार्की रहेका छन् । नदीको टापुमा मानिस फँसेको खबर प्राप्त हुनासाथ कैलालीको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बालनरसिंह राणा समेत घटनास्थल पुग्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend