Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

४८३० वटा भेप सहित एक युवा पक्राउ


सूचना कुण्ड
४८३० वटा भेप सहित एक युवा पक्राउ

काठमाडौँ, असार २२ : चार हजार ८३० वटा विद्युतीय चुरोट (भेप) सहित एक युवा पक्राउ परेको छ । काभ्रेपलान्चोकको पनौती-११, घर भई हाल भक्तपुर मध्यपुर थिमि-१, लोकन्थली बस्ने २८ वर्षीय विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

बा. ९ च. ८७३४ नम्बरको मारुती सुजकी भ्यानमा बोकेर ल्याउँदै गरेको अवस्थामा उनलाई भेप सहित पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । 

उनलाई राजस्व छली सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend