Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सञ्चालनको अन्तिम तयारीमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग


सूचना कुण्ड
सञ्चालनको अन्तिम तयारीमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

काठमाडौँ, असार २० :  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग सञ्चालनका लागि निर्देशिका तयार भइरहेको जनाएको छ । मुलुकको यातायात पूर्वाधार क्षेत्रमा आधुनिक सवारीसाधन गुड्ने सुरुङमार्ग सञ्चालन नयाँ प्रयोग भएको हुनाले यसका लागि निर्देशिकै तयार गर्नु परेको आयोजनाले जानकारी दिएको छ ।  

आयोजनाका प्रमुख सञ्जय पन्थीले ‘सेवाप्रदायकमार्फत सार्वजनिक पूर्वाधार सञ्चालन, व्यवस्थापन तथा मर्मत सेवा खरिद गर्नेसम्बन्धी निर्देशिका’ तयार गरिरहेको जानकारी दिनुभयो । सुरुङमार्ग सञ्चालन गर्न सेवाप्रदायक संस्था छनोट प्रक्रिया सुरु गर्न आवश्यक कागजपत्र तयार गरी राय सुझाव तथा स्वीकृतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिएको पन्थीले जानकारी दिनुभयो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend