Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एसिसी यु–१६ः नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, भुटान २९८ रनले पराजित


सूचना कुण्ड
एसिसी यु–१६ः नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, भुटान २९८ रनले पराजित

काठमाडौँ, असार १६ :  एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ। भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘ए’को विजेता नेपालले सेमिफाइनलमा मलेसियासँगको भेट पक्का गरेको हो। मलेसिया समूह ‘बी’को उपविजेता हो। 

मंगलबार मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको हो। नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच विकेटको क्षतिमा तीन सय ५८ रन बनायो। श्रीवास्तवले एक सय ६८ रनको योगदान दिनुभयो। उहाँले एक सय ३२ बल खेल्ने क्रममा पाँच छक्का र १६ चौका प्रहार गर्नुभयो। यस्तै जोय थापाले अविजित ६१, शिवान्स बजगाईँले ५४ तथा सुगम बुढाथोकीले ३५ रन बनाउनुभयो।

बलिङतर्फ भुटानका सञ्जय दोर्जेले तीन तथा तेन्जिन लोडेले एक विकेट हात पार्नुभयो।

तीन सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२ दशमलव ४ ओभरमा १० विकेट गुमाउँदै मात्र ६० रन बनायो। भुटानका लागि सुजन दावाले १४ तथा उयोग छोफेलले १० रन बनाउनुबाहेक भुटानका अन्तिम ब्याटर क्रिजमा आएनन्।

बलिङतर्फ नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिनुभयो। यस्तै सचिन भट्ट र सुयोग भट्टराईले दुई दुई विकेट हात पार्नुभयो।

नेपाल समूह चरणका चारवटै खेलमा विजेता बनेर समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ। उक्त  समूहबाट दोस्रो स्थानमा रहँदै सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ। यस्तै समूह ‘बी’बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका छन्। 

नेपालले बिहीबार सेमिफाइनमा मलेसियासँग खेल्नेछ। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो।

एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन्। समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमारले प्रतिस्पर्धा गरेका हुन्।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend