Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकोप्टर प्रयोग गर्ने समझदारी


सूचना कुण्ड
विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकोप्टर प्रयोग गर्ने समझदारी

काठमाडौं, असार १७ : विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकोप्टर प्रयोग गर्ने सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा संचालक संघ नेपालबिच समझदारी भएको छ।

गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा प्राधिरकणका तर्फबाट कार्यकारी प्रमुख इ. दिनेश प्रसाद भट्ट र वायुसेवा संचालक संघका तर्फबाट अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गर्नुभयो।

bipad 1.jpg

समझदारी अनुसार संघले काठमाडौं उपत्यकाभित्र विपद्‍को समयमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नु परेमा निःशुल्क परिचालन गर्ने/गराउने व्यवस्था मिलाउनेछ। त्यसैगरी, संघले काठमाडौं उपत्यका बाहिर परिचालन गर्नुपरेमा हेलिकप्टर कम्पनीको सामाजिक उत्तरदायित्वलाई समेत मध्यनजर गरी न्यूनतम खर्चमा परिचालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend