Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

धनगढीमा पहिलो पटक धेरै वर्षा हुँदा जलमग्न


सूचना कुण्ड
धनगढीमा पहिलो पटक धेरै वर्षा  हुँदा   जलमग्न

काठमाडौँ, असार १६ :  सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको छ । अत्तरियास्थित महाकाली बेसिनका प्रमुख इन्जिनियर संजयकुमार साहका अनुसार यो वर्षामा धनगढीमा यति धेरै पानी पहिलो पटक परेको हो । 

धनगढीमा आइतबार दिउँसाेदेखि पानी परेको थियो । तर भारी वर्षा बिहान ४ बजेबाट हुन थाल्यो इन्जिनियर साहले भन्नुभयो, “अहिले पनि धनगढीमा पानी परिरहेको छ, रातिबाट कम हुने छ ।”

उहाँका अनुसार धनगढीभन्दा बढी कञ्चनपुरको बेलौरीमा पनि २४ घण्टामा २६४.६ मिलिमिटर वर्षा भएको छ । कञ्चनपुरकै कृष्णपुर खल्लाकोटमा पनि १८४ मिलिमिटर वर्षा भएको छ । महाकाली बेसिनले सुदूपश्चिमका नौ वटै जिल्लामा मध्यम र हल्कास्तरको वर्षा भइरहेको छ ।वर्षाले दोदा नदीको बहाव बढेको छ । धनगढी लगायतका क्षेत्रमा भइरहेको वर्षाले मोहना नदी वरपरका बस्तीलाई प्रभाव पार्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend