काठमाडौँ, असार १४ ः जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षरोपण अभियानको शुभारम्भ गर्नुभयो ।
चन्द्रागिरी नगरपालिका-१३, कन्कालीमा आज आयोजित कार्यक्रममा उहाँले वृक्षरोपण अभियानको शुभारम्भ गर्नुभएको हो ।
