Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आजको मौसम : आज साँझबाट तीन दिन भारीदेखि धेरै भारी वर्षा हुने


सूचना कुण्ड
आजको मौसम :  आज साँझबाट तीन दिन भारीदेखि धेरै भारी वर्षा हुने

काठमाडौं , असार १४:  सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । आजबाट तीन दिन पश्चिम नेपालमा धेरै वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

यसैबीच, आज शनिबार साँझदेखि सोमबार बिहानसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । 

कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानमा तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

बंगालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको साथै त्यस क्षेत्रहरूमा न्यूनचापीय प्रणालीको प्रभावको कारण तीन दिन मनसुन थप सक्रिय हुँदा धेरै वर्षा हुने भएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend