Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

विसं २०८१ को एसइईको नतिजा सार्वजनिक: ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण,गणीत विषयमा सवैभन्दा धेरै फेल


सूचना कुण्ड
विसं २०८१ को एसइईको नतिजा सार्वजनिक: ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण,गणीत विषयमा सवैभन्दा धेरै फेल

काठमाडौँ, असार १३ :  विसं २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको  नतिजा सार्वजनिक भएको हो ।

यो वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको जानकारी गराउनुभएको हो । बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।

यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । 

परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट  एसइईको नतिजा हेर्न सक्छन्। सबै नतिजा वेबसाइटमा केही समयपछि मात्र उपलब्ध हुने बाेर्डले जनाएको छ।

एसइईको वेबसाइट बाहेक परीक्षार्थीले एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सक्नेछन् ।  नतिजाका लागि ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरेर त्यहाँ दिएको   निर्देशनअनुसार सिम्बोल नम्बर दिएरसमेत नतिजा हेर्न सकिने छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend