काठमाडौं, असार १३ : यस वर्षको माध्यमिक परीक्षा (एसइई)को नतिजा आजै (शुक्रबार) सार्वजनिक हुने भएको छ।
आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
