Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

३५ लाख धरौटी बुझाएर निस्किए पूर्वप्रधानमन्त्री नेपाल


सूचना कुण्ड
३५ लाख धरौटी बुझाएर निस्किए पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं, असार १२  : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालत काठमाडौंले पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । बुधबारको बहसपछि अदालतले सो आदेश दिएको हो । 

अदालतको आदेशमा भनिएको छ, ‘‘...तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादी माधव कुमार नेपालको तत्कालीन पदीय हैसियत र भूमिका समेतलाई मध्यनजर गरी प्रस्तुत मुद्दाको पुर्पक्षको लागि नगदै रु,३५,००,०००।– (पैँतिस लाख रुपैयाँ) वा सो बराबरको बैंक जमानत दिए लिई तारिखमा राख्नू। उल्लिखित माग गरिएको धरौटी रकम वा बैंक जमानत दिन नसके विशेष अदालत नियमावली २०५० को नियम ३० को उपनियम (२) बमोजिम निज प्रतिवादीलाई थुनुवा पूर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाई दिनू ।’’ 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

Nepal aades.jpg
undefined


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend