Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

पशु कार्यालयका प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


सूचना कुण्ड
पशु कार्यालयका प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, असार ११ : पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख डा. प्रभात झासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको अख्तियर दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।

भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु विकास अधिकृत डा. झा र तत्कालीन सह लेखापाल अनिल लिम्बू, मोदक एड्भटाइजिङ प्रा लि तथा सोकापोपाइटर कौशल राज सिंहविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

भेटेनरी कार्यालय भवन निर्माण बोलपत्र आह्वानको कुनै पनि सूचना बिना गरेको र  प्रतिवादीको मिलेमतोमा झुटाे बिल तयार गरी एक लाख २९ हजार ६६७ भुक्तानी लिएको आरोप लागेको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend