Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने


सूचना कुण्ड
यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने

काठमाडौं ,  असार ८ :  देशका केही सानाठूला नदीमा आज  पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन इलाम, पाँचथर, धनकुटा, उदयपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बागलुङ, दाङ, प्युठान, सल्यान, रोल्पा, भोजपुर, खोटाङ, ओखलढुंगा, झापा, सुनसरी, मोरङ, जाजरकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । केही साना नदीमा आकस्मिक बाढीको जोखिम महाशाखाले पूर्वानुमान गरेको छ ।

आइतबार कोसी, कर्णाली, नारायणी, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend