Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

गुणस्तरहीन रेगुलेटर बिक्रीमा रोक


सूचना कुण्ड
गुणस्तरहीन रेगुलेटर बिक्रीमा रोक

काठमाडौँ, जेठ ३१ :  नेपाल गुणस्तर तथा नापतौल विभागले खाना पकाउने एलपी ग्यासको सिलिन्डरमा प्रयोग गरिने एलपिजी रेगुलेटर मापदण्डविपरीतको भेटिएपछि बिक्रीमा रोक लगाएको छ । विभागको अनुगमन टोलीले अनुगमनका क्रममा काठमाडौँको महाबौद्धमा रहेको महाराजा टे«डर्समा गुणस्तर चिह्न (एनएस) नलिएका रेगुलेटर बिक्री गरेको भेटिएपछि उक्त पसलमा रहेका रेगुलेटर बिक्रीमा रोक लगाएको हो ।

विभागले आमनागरिकको जीवन सुरक्षासँग जोडिएका खाना पकाउने एलपी ग्यासको सिलिन्डरमा प्रयोग गरिने रेगुलेटर सरकारले तोकेको मापदण्डविपरीत बिक्री गर्नु अपराध भनेको छ तर काठमाडौँको महाबौद्धमा रहेको महाराजा टे«डर्सले नमुना पिसका नाममा गुणस्तर चिह्न (एनएस) नलिएका रेगुलेटर बिक्री गरेको पाइएको छ । 

कानुन अनुसार खाना पकाउने एलपी ग्यास सिलिन्डरमा प्रयोग गरिने एलपिजी रेगुलेटरमा नेपाल गुणस्तर चिह्न (एनएस) ५३० बमोजिम अनिवार्य इजाजत लिएको हुनु पर्छ । जस अनुसार तोकिएको मापदण्ड पूरा गरेर उत्पादन गरिएको रेगुलेटर मात्र आयात तथा बेचबिखन गर्न सकिने कानुनी व्यवस्था छ । 

विभागका निर्देशक एवं प्रवक्ता प्रभातकुमार सिंहले विभागले सम्पूर्ण आयातकर्ता, उत्पादनकर्ता, विक्रेतामा प्रज्वलनशील वस्तु एलपी ग्यास प्रयोग हुने रेगुलेटरको गुणस्तरमा ध्यान दिन सचेत गराउनुभयो । 

उहाँले सर्वसाधारणमा पनि एनएस चिह्न अङ्कित नभएका एलपिजी रेगुलेटर खरिद नगर्नसमेत सम्पूर्ण आयातकर्ता, उत्पादनकर्ता तथा विक्रेतालाई आग्रह गर्नुभयो । 

नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन २०३७ बमोजिम सर्वसाधारण नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सरकारले घरमा खाना पकाउने एलपी ग्यास सिलिन्डरमा प्रयोग गरिने एलपिजी रेगुलेटरमा नेपाल गुणस्तर ५३० बमोजिम अनिवार्य इजाजत लिई सोको मापदण्ड पूरा गरेर उत्पादन गरी नेपाल गुणस्तर प्रमाणपत्र चिह्न प्रयोग गर्न आग्रह गरेको छ । 

   


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend