काठमाण्डौ, जेठ ३० : काठमाण्डौबाट पोखरा तर्फ जाँदै गरेको बा.प्रदेश.०१-००६ ख. ७१४१ नम्बरको ईभी माइक्रो र लमजुङबाट काठमाण्डौ जाँदै गरेको बा.४ ख. ६९४ नम्बरको माइक्रो गल्छि ७ भल्टारमा दुर्घटना भएको छ।
दुर्घटनामा परेका १० जना भन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि गल्छि स्थित अम्बि भरोसा अस्पतालमा पठाइएको छ।
