काठमाडौँ, जेठ ३० : नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।
प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै डा कडरिया निर्वाचित भएका हुन् । डा. कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए ।कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो ।अध्यक्षमा निर्वाचित कडरिया मेडिकल डाक्टर हुन् ।दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए ।
त्यस्तै, महासचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए ।पौडेलको प्यानलबाट महासचिवका उम्मेदवार आरके रोमस पराजित भएका छन् ।
अरु को को पदाधिकारीहरु निर्वाचित भए ?
अध्यक्ष: सुजन कडरिया
उपाध्यक्ष :अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिव : दिपक धामि
उपमहासचिव: कमल जोशी
सचिव :आकाश घर्ती
सचिव: रचना सापकोटा
सचिव : समिम बाबु
सचिव : गोपाल नेपाल
आयोग अध्यक्ष : प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला
