Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बासी र सडेगलेका खानेकुरा नखान मन्त्रालयको आग्रह


सूचना कुण्ड
बासी र सडेगलेका खानेकुरा नखान मन्त्रालयको आग्रह

काठमाडौँ, जेठ २९  :  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । 

गर्मी तथा वर्षायामसँगै झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोग फैलने हुँदा यस्ता रोगबाट बच्न बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान मन्त्रालयले आग्रह गरेको हो । 

काँचै खान मिल्ने फलफूल तथा तरकारी शुद्धीकरण गरेका पानी प्रयोग गरी राम्रोसँग सफा गरेर मात्र खान मन्त्रालयको अनुरोध छ ।खानेकुरा र पानीलाई राम्ररी छोपेर राख्न।, भान्सा व्यवस्थित र सफा राख्न, राम्रोसँग पाकेको खानेकुरा मात्रै खान।, भाँडाकुँडालाई राम्रोसँग भित्रबाहिर सफा गर्न मन्त्रालयको सुझाव छ । त्यस्तै, मन्त्रालयले खाना पकाउनु र पस्कनु अघि साबुन पानीले राम्रोसँग हात धुन, बच्चालाई खाना खुवाउने भाँडा ( दुधदानी, चम्चा, कचौरा ) निर्मलीकरण गर्न आग्रह गरेको छ ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend