Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अण्डाको मूल्य बढ्यो


सूचना कुण्ड
अण्डाको मूल्य बढ्यो

काठमाडौं  जेठ १६ : नेपाली बजारमा अण्डाको मूल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघ चितवनबाट लोड भएर देशभर जाने अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढाउने निर्णय गरेको हो । 

संघले १७ गते (शनिबार)देखि लागु हुनेगरी एक्सएल अण्डाको मूल्य प्रतिक्रेड १५ रुपैयाँ बढाएर ४८० रुपैयाँ पुर्‍याएको छ । एक्सएल अण्डाको मूल्य प्रतिक्रेड ४६५ रुपैयाँ थियो । ठूलो अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएर ४६५ रुपैयाँ पुर्‍याइएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४५० रुपैयाँ थियो । 

त्यस्तै, मिडियम अण्डाको मूल्य भने प्रतिक्रेट १० रुपैयाँ बढाइएको छ । यसअघि मिडियम अण्डाको मूल्य ४२५ रुपैयाँ रहेको संघका महासचिव मदन पोखरेलले बताए । 

त्यसैगरी चितवनबाट लोड भइ देशैभरीको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ । यही अनुरुप हाल बजारमा पाउँदै आएको अण्डाको मूल्य बढ्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend