Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

यस वर्ष वर्षाले ठूलो क्षति पुर्‍याउन सक्ने पूर्वानुमान : पुर्वतयारी न्यून


सूचना कुण्ड
यस वर्ष वर्षाले ठूलो क्षति पुर्‍याउन सक्ने पूर्वानुमान : पुर्वतयारी न्यून

काठमाडौं, जेठ १० : जल तथा मौसम विज्ञान विभागले प्रिमनसुनमै सरदरभन्दा बढी वर्षा भइरहेकाले मनसुनमा हुने वर्षाले ठूलो क्षति पुर्‍याउन सक्ने पूर्वानुमान गरेको छ ।

विभागले यस वर्षको मनसुन ( जेठ १८ देखि असोज १४ सम्म) मा देशका अधिकांश स्थानमा औसत भन्दा बढी वर्षा र औषत भन्दा बढी तापक्रम हुने संभावना रहेको जनाएको छ । यस वर्षको मनसुन श्रीलंकामा पुरै, भारतको केरला र बंगालको खाडिको अधिकांस भागमा विकसित भएको छ अर्थात पुगेको छ । यो वर्ष अन्य वर्षको तुलनामा ८-९ दिन अगाडी नै मनसुन भारतको केरला पुगेको हो । अब नेपालको कोशी प्रदेशमा एक हप्ताको हाराहारी मा पुग्ने संभावना बढेको बताइएको छ ।

Mausam.jpg

विभागले गरेको प्रक्षेपण अनुसार कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग बर्षाबाट बढी प्रभावित हुन सक्ने र औसत भन्दा बढी वर्षा हुने संभावना ५५ प्रतिशत देखि ६५ प्रतिशत रहेको छ । औसत भन्दा बढी वर्षा भनेको ३० वर्ष वा सो भन्दा लामो समयको औसत भन्दा बढी वर्षा हुने जनाइएको छ । वर्षाको संभावना भेग अनुसार फरक फरक प्रक्षेपण गरिएको छ । गण्डकी प्रदेशको दुई तिहाइ भन्दा बढी भाग र लुम्विनि प्रदेशको लगभग दुई तिहाइ भागहरुमा औसत भन्दा बढी वर्षा हुने संभावना देखिन्छ । प्रक्षेपण अनुसार गण्डकी प्रदेशमा यसपाली सवभन्दा बढी वर्षा हुने देखिन्छ ।

बर्षातको समयमा बाढी, पहिरो, चट्याङ जस्ता प्रकोपहरुले वर्षेनी ठूलो जनधनको क्षति भइरहेको छ । अझै गत वर्षहरुको तुलनामा यस वर्ष विपद्को उच्च जोखिम आँकलन गरिएको वताइएको छ ।

प्रिमनसुन शुरु हुन १ हप्ता बाँकी हुंदा सम्म मनसून पुर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार हुन सकेको छैन । स्थानीय पालिकाहरुले पनि विपद् पुर्वतयारीलाई प्राथमिकतामा राखेको देखिदैन । जसले संभावित विपदबाट ठूलो जनधनको क्षति हुन सक्ने सम्भावना देखाउँछ ।

एकातर्फ पूर्वसूचना प्रणालीमा सवैको पहँचमा पुग्न सकेको छैन भने अर्कोतिर सुनेका जानकारीहरुलाई समुदाय, स्थानीय सरकार तथा अन्य सराकारवाला निकायहरुले संवेदनशील रुपमा ग्रहण गरेको पाइदैन । जसले गर्दा विपद्बाट ठूलो क्षति व्यहोर्न परिरहेको छ । उदाहरणका लागि गत वर्ष झ्याप्रेखोलाको पहिरोबाट भएको मानवीय क्षतिलाई लिन सकिन्छ ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार पूर्वसूचना प्रणालीको  सिद्धान्तले २४ घण्टा अगाडि मात्र सूचना प्रवाह गर्न सकियो भने ३० देखि ४० प्रतिशत हानी नोक्सानी कम हुनसक्छ ।

वहुप्रकोप पूर्वसूचना प्रणाली शुरुवात यसैवर्षबाट गर्न अत्यावश्यक देखिन्छ ।

पूर्वसूचना प्रणालीबाट प्रवाह भएका सूचनाहरुको संवेदनशीलतालाई पालना गरी समुदाय सचेत र सजक रहन स्थानीय पालिकाहरुले चनाखो रहनपर्ने कुरा गतवर्षको सिकाईले देखाएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend