Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रा डा आचार्य र धमलालाई युगकवि सिद्धिचरण पुरस्कार   


सूचना कुण्ड
प्रा डा आचार्य र धमलालाई युगकवि सिद्धिचरण पुरस्कार   

    
   सूचनाकुण्ड समाचारदाता,   

काठमाडौँ, वैशाख१४ :   युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेवापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’ प्रा डा जयराज आचार्यलाई प्रदान गर्ने भएको छ ।    
    
यसैगरी ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार, २०८०’ लामो समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएका चेतनाथ धमलालाई प्रदान गरिने भएको छ । युगकवि श्रेष्ठ निरङ्कुश राणा शासनविरुद्ध क्रान्तिकारी साहित्य सिर्जना गर्ने जेलनेलसमेत भोगेका एक निर्भिक सर्जकका रूपमा प्रसिद्ध हुनुहुन्छ ।    
    
प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठको एक सय १२औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने भएको छ ।    
    
प्रतिष्ठानले उपाध्यक्ष प्रा डा मोहन लोहनीको संयोजकत्वमा सदस्य पुरुषोत्तम बस्नेत र प्रा डा उषा ठाकुरसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend