Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अपराजित रहँदै दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकपको फाइनलमा


सूचना कुण्ड
अपराजित रहँदै दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकपको फाइनलमा

काठमाडौँ, असार १३ :  दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। बिहीबार अफगानिस्तानमाथि सानदार जित निकाल्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो। 

दक्षिण अफ्रिका अपराजित रहँदै फाइनल पुगेको हो। सेमिफाइनल खेलमा अफगानिस्तानविरूद्ध जितका लागि पाएको ५७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटमात्रै गुमाएर पार गर्‍यो।

त्यस क्रममा रेजा हेन्ड्रिक्सले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २९ रन बनाउँदा २१ बल खेलेका एडिन मक्रमले ४ चौका हानेर २३ रन बनाएर नट आउट रहे। त्यसअघि ओपनर क्वीन्टन डीकक ५ रन बनाएर आउट भएका थिए। उनलाई फजलहक फारूकीले बोल्ड गरेका थिए।

पहिले ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभर खेलेर ५६ रनमा समेटिएको थियो। अफगानिस्तानले आज बनाएको योगफल टी-२० विश्वकपको सेमिफाइनल खेलमा बनेको अहिलेसम्मको कम योगफल हो। उक्त योगफल अफगानिस्तानले टी-२० विश्वकपमा बनाएको अहिलेसम्मकै कम योगफल पनि हो। अफगानिस्तानलाई ५६ रनमा अल आउट गर्न दक्षिण अफ्रिकाका मार्को जनसेन र तबरेज शम्शीले ३/३ विकेट लिए। कगिशो रबाडा र एनरिच नोर्त्जीले २/२ विकेट लिए।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानका लागि अजमत उल्लाह ओमरजइले बनाएको १० रन सर्वाधिक रह्यो। रहमानउल्लाह गुर्बाज, मोहम्मद नाबी र नूर अहमद शून्यमा आउट भए। इब्राहिम जद्रान २ रन, गुलबदिन नइब ९ रन, नागियालीया खरोते ८ रनमा, करिम जनत ८ रन, रसिद खान ८ रन र नवीन उल हक २ रनमा आउट भए। अफगानिस्तानले अब इंग्ल्याण्ड र भारतबीचको विजेतासँग फाइनल खेल्नेछ।

–––


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend