Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रथम उपत्यका व्यापिअन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिता ः चन्द्रागिरि फाइनलमा, शनिबार काठमाडौ महानगरपालिकासँग आमनेसामने हुँदै


सूचना कुण्ड
प्रथम उपत्यका व्यापिअन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिता ः चन्द्रागिरि फाइनलमा, शनिबार काठमाडौ महानगरपालिकासँग आमनेसामने हुँदै
काठमाडौँ,जेठ  ४ ः ‘ प्रथम उपत्यका व्यापिअन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिता २०८१’
मा चन्द्रागिरि नगरपालिका फाइनलमा प्रवेश गरेको छ ।  गोदावरी नगरपालिकाद्वारा  आयोजित सो प्रतियोगिताको सेमिफाइनल खेलमा चन्द्रागिरिले महालक्ष्मी नगरपालिकालाई १–० को अन्तरले पराजित गर्दै फाइनल सुनिश्चित गरेको हो । 
 
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी एवं प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले प्रथम उपत्यका व्यापिअन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका आफ्ना टिमलाई बधाई दिनुहुँदै फाइनल खेल पनि उच्च मनोवल साथ प्रदर्शन हुने अपेक्षा गर्नुभएको छ ।   
 
 बिहीवार सम्पन्न रोमाञ्चकारी दुबै सेमिफाइनल खेल च्यासल खेल मैदानमा सम्पन्न भएको हो ।  प्रतियोगितामा काठमाडौंको नौ स्थानीय तहका नौ टिम, ललितपुरको चार स्थानीय तहका पाँच टिम र भक्तपुरको एक स्थानीय तहबाट एक टिम सहभागिता रहेको छ । 
 
फाइनल खेलमा चन्द्रागिरिले भोली शनिबार  दिनको ४ः०० बजे काठमाडौं महानगरपालिकासंग आमनेसामने गर्दै  गर्दैछ । फाइनलको समापन समारोह दिनको २ः०० बजे र खेल ४ः०० बजे गोदावरी–१० टाहाखेल, झ्यालुन्टारको खेल मैदानमा सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend