Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 फागुपूर्णिमा प्रारम्भ  


सूचना कुण्ड
 फागुपूर्णिमा प्रारम्भ  

  
   
काठमाडाैँ, चैत ४  : वसन्तपुरमा आज बिहान होलीको ‘चीर’ ठड्याएर फागुपूर्णिमा (होली) को विधिवत् रुपमा प्रारम्भ गरिएको छ । परापूर्वकालदेखि मानन्धर समुदायले चीर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ ।    
    
 स्थानीय तीर्थलाल तन्डुकारले आज बिहानै चीरको पूजा गरी होलीको प्रारम्भ भएको बताउनुभयो । यसै दिनदेखि काठमाडौँवासीहरु चीरको पूजा गरी आशीर्वाद लिने चलन छ ।    
    
 तन्डुकारका अनुसार चीरको टुप्पोमा झुन्ड्याइएको रङ्गीविरङ्गी ध्वजालाई मानिसहरुले फागुपूर्णिमा समापन भएपछि घरमा लगेर राख्ने गर्छन् । “चीरमा झुन्ड्याइएको ध्वजा घरमा राख्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ”, उहाँ भन्नुहुन्छ, “यस ध्वजामा कृष्णलीला समेत समेटिएको हुने परम्परागत मान्यता छ ।” होलीको भोलिपल्ट टुँडिखेलमा लगेर चिर विर्सजन गरिन्छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend