Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

गहुँ खेतीमा 'रगिङ्ग' गरिँदै     


सूचना कुण्ड
गहुँ खेतीमा 'रगिङ्ग' गरिँदै     

    
      सूचनाकुण्ड समाचारदाता      

टीकापुर, चैत  १६:    टीकापुर, १६ चैत (रासस) ः कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिङ्ग गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहँु बालीमा जातीय शुद्धताका लागि रगिङ्ग भइरहेको हो ।    
    
बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिङ्ग गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष २४ किसानलाई रगिङ्गको कार्यमा लगाएको छ । बीजवृद्धिका लागि गरिएको खेतीबाट गुणस्तरीय बीउ उत्पादन गर्न सहकारीले किसान परिचालन गरी रगिङ्ग गराइरहेको छ ।    
    
उत्पादनमा गुणस्तरीयतासँगै बीउ उत्पादक किसानलाई सहज हुने भएकाले सहकारीले नै रगिङ्गको काम गराइरहेको रगिङ्ग कार्यका फोकल पर्सन फुलराम कठरियाले बताउनुभयो । “हामी किसानसँगै रगिङ्ग कार्यमा खटेका छौँ, रगिङ्ग गर्दा किसानलाई नै फाइदा पुग्छ”, उहाँले भन्नुभयो, “यहाँ व्यक्तिगत र समूहमा मिलेर बीजवृद्धिका लागि गहुँ खेती गरिएको छ ।”    
    
बीजवृद्धि सहकारी मुनुवाले यस वर्ष करिब एक सय ५० हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँको बीजवृद्धि खेती गरेको छ । गुणस्तरीय बीउ उत्पादनअन्तर्गत जातीय शुद्धताका लागि खडा र तयारी अवस्थामा रहेकोे गहँुबालीमा अनावश्यकरुपमा रहेको बेजात झार हटाई जातीय शुद्धताका लागि अपनाइने कार्यलाई रगिङ्ग भनिन्छ । रगिङ्ग गर्दा खडा र तयारी अवस्थामा रहेको खेतमै कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता, निरीक्षण र सल्लाहबमोजिम गरिन्छ । सोहीअनुसार आफूहरुले रगिङ्ग गरिरहेको मुनुवाका प्रबन्धक गोविन्द रावतले बताउनुभयो ।    
    
“बेजात, झारपात हटाउनका लागि रगिङ्ग गरिएको हो”, उहाँले भन्नुभयो, “बेजात र झारपात हटाएमा गुणस्तरीय बीउ तयार हुन्छ । यो कार्य बाली पोकेका बेला गर्न सकिन्छ ।”    
    
गुणस्तरीय बीउमा शतप्रतिशत जातीय शुद्धता नहुने भएकाले रगिङ्ग गर्नुपर्ने हुन्छ । बीउ उत्पादनका लागि गरिने बालीको कम्तीमा दुईपल्ट रगिङ्ग गरिनु आवश्यक भएको प्राविधिक बताउँछन् । रगिङ्ग बाली पसाउनुपूर्व र बाली तयारीपूर्व गर्ने गरिन्छ । यसरी रोपिएका जातमा बेजात बाली हटाउने, विभिन्न झारपात हटाउने कार्य गरिन्छ । सोही आधारमा रगिङ्गको टोली बनाएर गहुँ बालीको निरीक्षणसहित रगिङ्ग गर्ने कार्य भइरहेको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताउनुभयो ।     
    
बीउमा शुद्धता नहुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र रगिङ्ग गर्नुपर्दछ । रगिङ्ग गर्दा कृषि प्राविधिकको निरीक्षणसहित फिल्डमा काम गर्नुपर्ने भएकाले बीजवृद्धिका क्षेत्रमा क्रियाशील कृषि सहकारी, समूहले विशेष रगिङ्ग टोली बनाई काम भइरहेको क्षेत्रीय बीउबीजन प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताउनुभयो ।    
    
“विगत वर्षबाटै यो भइहरेको छ । रगिङ्ग गर्दा किसान, समूहलाई मात्र दिएर हुँदैन”, उहाँले भन्नुभयो, “स्वयं किसानलाई बालीको माया लाग्ने भएकाले बेजात हटाउन लोभ गर्नुहुन्छ । त्यसैले टोली बनाएर रगिङ्ग गर्न सल्लाह दिएका छौँ ।”    
–––    
  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend